काठमाडौं : सन् २०२४ को एघार महिनामा साढे दश लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका दश लाख ५५ हजार ५३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।
बोर्डका अनुसार एक महिना अर्थात नोभेम्बरमा एक लाख १४ हजार ५०१ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोहि अवधिको तुलनामा ५.४० प्रतिशत बढी हो । गत वर्षको नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ जना, सन् २०२१ मा २६ हजार १३५ जना, सन् २०२० मा एक हजार ९५६ जना र सन् २०१९ मा एक लाख ३० हजार ३०२ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् ।
यस्तै जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना, सेप्टेम्बरमा ९६ हजार ३०५ जना, अक्टोबरमा एक लाख २४ हजार ३९३ र नोभेम्बरमा एक लाख १४ हजार ५०१ पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२४ को अक्टोबरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट १९ हजार ९१५ जना नेपाल आएका हुन् । भारतीय पर्यटक १७.०४ प्रतिशत रहेका छन् ।
त्यस्तै सोही अवधिमा चीनबाट सात हजार ९ हजार ४५८ जना, अमेरिकी पर्यटक १० हजार ९८१ जना, बेलायतबाट आठ हजार १९ जना, बंगलादेशबाट ६ हजार ६११ जना, जर्मनीबाट ३ हजार ९२६ र बंगलादेशबाट ५ हजार १४८ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी नोभेम्बरमा अष्ट्रेलियाबाट चार हजार ८२९ जना फ्रान्सबाट ३ हजार ८४१ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना र श्रीलंकाबाट चार हजार ३९५ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।

Advertisment