काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २६ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिन, ६ अर्ब ४ करोड रुपैयाँ ९१ दिने र १० अर्ब रुपैयाँ बराबरको १८२ ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी पुस १६ गते, ९१ दिन अवधिको ट्रेजरी फागुन २० गते १८२ दिन अवधिको ट्रेजरी २०८२ जेठ २० गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ मंसिर १६ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि मंसिर १० गते कार्यालयले ३३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment