Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार ५३ अर्बमाथि, एक महिनामै उठाए साढे १३ अर्ब

जीवन बीमा कम्पनीको व्यापार ५३ अर्बमाथि, एक महिनामै उठाए साढे १३ अर्ब

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ५३ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसाज्न्तसम्म कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । 

यस अवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ४ हजार ६४७ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् । जुन लघुबीमा समेतको हो । 

गत असोज मसान्तको तुलनामा कात्तिक मसान्तसम्म १३ अर्ब ४७ करोड ६२ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत असोज मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३३ लाख ३५ हजार ९९८ बीमालेख बिक्री गरी ४१ अर्ब आठ करोड एक लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म कम्पनीले १६ लाख ६२ हजार ४०३ बीमालेख बिक्री गरी १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ८२ हजार ३८७ बीमालेख जारी गरी एक अर्ब ७७ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

त्यस्तै नेशनल लाइफले ६ अर्ब ४३ करोड ७२ लाख रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यसैगरी कात्तिक मसान्तसम्म मेट लाइफले एक अर्ब ८७ करोड ५१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले दुई अर्ब ७४ करोड ३५ लाख, आईएमई लाइफले एक अर्ब ५३ करोड ५७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा सन नेपाल लाइफले एक अर्ब २८ करोड १५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने रिलायबल नेपाल लाइफले एक अर्ब ५५ करोड ८८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले दुई अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले तीन अर्ब २५ करोडको १३ लाख र सानिमा रिलायन्स लाइफले दुई अर्ब ५ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार चालु आवको कात्तिक मसान्तसम्म हिमालयन लाइफले ५ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले एक अर्ब ६२ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार साढे ३० करोड

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । कात्तिक मसान्तसम्म कम्पनीहरुले चार लाख ५५ हजार ४९० बीमालेख जारी गरी ३० करोड ५७ लाख ९२ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ११ करोड ९० लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ११ करोड ७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले सात करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार