Below Menu
Below Menu

दोहोरो अकंले बढ्यो शेयर बजार, १० अर्ब ५४ करोडमाथिको कारोबार 

दोहोरो अकंले बढ्यो शेयर बजार, १० अर्ब ५४ करोडमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ९.९९ अंकले घटेर २७३८.०६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा आठ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी होटल र खानीखोला हाइड्रोपावर कम्पाी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्य ८ प्रतितशले घटेको छ ।
 

Advertisment

थप समाचार