Below Menu
Below Menu

सहकारीले गरेका राम्रो कामको प्रचारप्रसार गर्न मन्त्री अधिकारीको निर्देशन

सहकारीले गरेका राम्रो कामको प्रचारप्रसार गर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौं : सहकारीले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीकर्मीहरुलाई निर्देशन दिएका छन् ।

केही सिमित सहकारीमा देखिएको समस्याले सिंगो अभियानमै असर परेको भन्दै मन्त्री अधिकारीले सहकारीले गरेका राम्रा कामहरुको प्रचारप्रसार जरुरी रहेको बताए । 

मन्त्री अधिकारीले भने, ‘सहकारीप्रति भ्रम फैलाइएको छ । सहकारीसँग जोडिएका सबैलाई एक ठाउँमा राखेर सहकारी ठिक होइनन् भनेर गलत ढंगले व्याख्या विश्लेषण गरिएको छ । हामीले सहकारी सही हुन् भनेर प्रमाणित गर्नका लागि अझै बढी लाग्नु पर्ने देखिन्छ ।’ 

राष्ट्रिय सहकारी बैंकले मंगरबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीका समसामयिक अड्चन र निकास’ विषययक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘सहकारी राज्यको तीन खम्बाको एक खम्बाकारुपमा नरहोस् भन्ने चाहनेहरु पनि छन् । सहकारीको विकल्प खोज्नु पर्छ भन्नेहरू पनि छन् । यस्ता शक्तिहरूले फैलाएको भ्रमलाई चिर्न सहकारी अभियान्ताहरु अझै बढी मेहनत गर्न आवश्यक छ ।’

सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले चासोका साथ काम गरिरहेको समेत उनले दाबी गरे । सहकारी मन्त्रालय सहकारी ऐन संशोधनको पक्षमा रहेको मन्त्री अधिकारीले स्पष्ट पारे ।

सहकारीसँग जोडिएका अन्य मन्त्रालयहरूले सहकारी विभाग, बोर्ड लगायत हुँदाहुँदै अझै पनि हामी न्यायाधीकरण ल्याउन कति आवश्यक छ भनेर प्रश्न आइरहेको समेत उनले सुनाए ।

Advertisment

थप समाचार