Below Menu
Below Menu

इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा बढाएको छ । नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको हो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । 

क्यानले भोली (बुधबार) देखि लागू हुनेगरी हवाई भाडा बढाएको हो । जसमा सबैभन्दा धेरै विराटनगर धनगढीको भाडा १२५ रुपैयाँले बढेको छ । त्यस्तै काठमाडौ–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।

विराटनगर–भैरहवा ८० रुपैयाँ बढेको छ । यस्तै, सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौं–सिमराको भाडा १५ रुपैयाँले बढेको छ ।

त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ । 

Sponsored Advertisment

थप समाचार