Below Menu
Below Menu

कुमारी बैंकको संस्थापक साढे २२ करोडको सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक साढे २२ करोडको सेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंकको साढे २२ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका २२ लाख ४३ हजार ७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । सो आधारमा बैंकले २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १० लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर खरिदका लागि पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Advertisment

थप समाचार