काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा नौं अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जोशी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा खानीखोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment