काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे एक करोड कित्ता बोनस शेयर थपिएको छ। बुधबार नेप्सेले चार कम्पनीको एक करोड ७९ लाख ८२ हजार ९३७ कित्ता सुचिकृत गरेको हो।
नेप्सेले बुधबार एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि पावर कम्पनी र सिईडीबी होल्डीङ्ग लिमिटेडको बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार एभरेष्ट बैंकको १० प्रतिशत बोनस पछिको १ करोड १७ लाख ६७ हजार ९०३ दशमलव८८ कित्ता शेयर सुचिकृत भएको छ।
त्यस्तै कामना सेवा विकास बैंकको ७ प्रतिशत बापतको २२ लाख ९६ हजार ८१५ दशमलव २७ कित्ता र अपि पावर कम्पनीको ५ प्रतिशत बापतको २८ लाख ९३ हजार २९८ दशमलव ९५ कित्ता शेयर सूचीकृत भएको छ
नेप्सेले सिईडीबी होल्डीङ्ग लिमिटेडको ११ प्रतिशत बोनस बापतको १० लाख २४ हजार ९१९ कित्ता शेयर सुचिकृत गरेको छ। सुचिकृत शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ।
Advertisment