Below Menu
Below Menu

एशियन लाइफले बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने

एशियन लाइफले बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको छ।

बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू पुस १९ गतेसम्म पुनर्जागरण गराउने बिमितहरुलाई ब्याज छुट दिने भएको हो ।

कम्पनीका अनुसार पाँच वर्षदेखि माथि व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिइनेछ ।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ ।

Advertisment

थप समाचार