काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४.९३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २४.९७ अंकले घटेर २७५०.५७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४० कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तिन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा खानीखोला हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको छ । आज सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतले घटेको छ।
Advertisment