Below Menu
Below Menu

पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पुर्‍याउने सेबोन अध्यक्षको प्रतिबद्धता

पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पुर्‍याउने सेबोन अध्यक्षको प्रतिबद्धता

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बिहीबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभामा बोल्दै उनले पुँजी बजारलाई थप चलायमान बनाउन सम्पूर्ण लगानीकर्ताका साथै सरोकारवालाको साथ र सहयोगको आवश्यकता रहेको बताए। 
 
यसका साथै उनले पुँजी बजारमा आएको प्रगतिसँगै चुनौती पनि थपिएको बताए। सर्वसाधारण लगानी कर्ताको हितलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। 

यसका साथै उनले बजार हुने अनैतिक कार्यलाई रोक्न हिचकिचाहट नगर्ने बताए। उनले भने, ‘बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न हिचकिचाहट गर्दिन।’

Advertisment