Below Menu
Below Menu

पोलिसी सरेन्डरबाट बाहिरियो चार महिनामा करिब पाँच अर्ब !

पोलिसी सरेन्डरबाट बाहिरियो चार महिनामा करिब पाँच अर्ब !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ३५ हजार बढी बीमितले करिब ५ अर्बका बीमा पोलिसी सरेन्डर गरेका छन् । 

यस अवधिमा १४ जीवन बीमा कम्पनीका ३५ हजार ९८५ बीमितले चार अर्ब ८२ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ९.९३ प्रतिशत अर्थात ४३ करोड ६६ लाख रुपैयाँले बढी हो । गत वर्षको कात्तिकसम्म ३५ हजार २११ बीमितले चार अर्ब ३९ करोड एक लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । कात्तिकसम्म उक्त कम्पनीका १० हजार ४८ बीमितले एक अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।

त्यस्तै, नेपाल लाइफका ८ हजार ४०८ बीमितले एक अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका ३ हजार ८७५ बीमितले ३७ करोड ४१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २९करोड ३१ लाख रुपैयाँ बराबरको एक हजार ९७९ वटा, मेट लाइफको १३ करोड ३५ लाख ७७ हजार रुपैयाँको एक हजार २४५ वटा, एशियन लाइफको २७ करोड ९६ लाख रुपैयाँ बराबरको दुई हजार ६२३ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको ६ करोड ५४ लाख रुपैयाँ बराबरको ५८७ बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणका अनुसार कात्तिकसम्म सन नेपाल लाइफको सबैभन्दा कम दुई करोड २९ लाख रुपैयाँ बराबरको २३२ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका ५८२ बीमितले तीन करोड ६३ लाख ड४ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफ नेपालका ९०३ बीमितले ६ करोड ५२ लाख ८२ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने सूर्यज्योति लाइफको २३ करोड ११ लाख १३ हजार रुपैयाँ बराबरको एक हजार ९१० बीमालेख सरेन्डर भएका छन् ।

त्यसैगरी सानिमा रिलायन्स लाइफको ९ करोड ३१ लाख रुपैयाँको ६६३ वटा, हिमालयन लाइफको २२ करोड ७४ लाख रुपैयाँ बराबरको दुई हजार ४९८ वटा र प्रभु महालक्ष्मी लाइफको ५ करोड ४९ लाख ७ हजार रुपैयाँ बराबरको ४३२ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।


 

Advertisment

थप समाचार