काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको आगामी नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमिल्सनाबीच प्रतिस्पर्र्धा हुने भएको छ ।
बुधबार साँझ होटल र्याडिसनमा एक कार्यक्रमको बीच ढकालल समूहले उम्मेदवारी घोषणा गरेका थिए ।
ढकाल समूहको उपाध्यक्षमा नितेश कुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिव कृष्ण गिरी रहेका छन् ।
त्यस्तै तिमिल्सनाको समूहको उपाध्यक्षमा पुरुषोत्तम लम्साल, महासचिवमा गोविन्द शर्मा गैरे, कोषाध्यक्षमा मनिष अयर्षल, सचिव विनय रेग्मी रहेका छन् ।
एसोसियसनको ३० औं वार्षिक साधारण सभा बिहिबार एभरेष्ट होटल स्म्पन्न भएको थियो । नयाँ नेतृत्व तयनका लागि मतदान सुरु भएको छ । मतदानको समय ४:३० बजेसम्म रहेको । सभाले ९ सदस्यीय सञ्चालक समिति चयन गर्दैछ ।
गत कार्तिक २८ गते स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल बीच एकीकरण सम्झौता भएको थियो । बजारको विकास र विस्तार गर्नका लागि दुई संस्था एकीकरण भएको थियो ।

Advertisment