काठमाडौं : एनएमबि बैंक लिमिटेडले यस वष लाभांश नदिने भएको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो। लाभांश वितरण सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।
यसका साथै नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपपछि उक्त वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।
Advertisment