Below Menu
Below Menu

साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले आड अर्ब ५० रुपैयाँ बराबरको ९१ दिने, आठ अर्ब  रुपैयाँ बराबरको १८२ दिने र  दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो 

कार्यालयका अनुसार ९१ दिन अवधिको ट्रेजरी फागुन २७ गते १८२ दिन अवधिको ट्रेजरी २०८२ जेठ २७ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ मंसिर २३ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि मंसिर १६ गते कार्यालयले २६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार