लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न नेपाल एसबिआई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले पुस २१ गते, आइतबार ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ६.८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार पुस ४ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

थप समाचार