Below Menu
Below Menu

अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर यथावत: तीन बैंकले घटाए, कुनको बढ्यो ? 

अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर यथावत: तीन बैंकले घटाए, कुनको बढ्यो ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मंसिर महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ । 

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १४ बैंकले मंसिर महिनाकै ब्याजदर यथावत राखेका छन् । त्यस्तै मंसिर महिनाको तुलनामा तीन बैंकहरुले पुस महिनाका लागि ब्याजदर बढाएको छन् भने तीन बैंकहरुले ब्याजदर घटाएका छन् । 

पुस महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.०१ प्रतिशत रहेको छ । मंसिरमा यस्तो ब्याजदर ५.९७ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले बढेको छ । 

त्यस्तै संस्थागतर्फ पुसका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.५२ प्रतिशत विन्दुमा झरेको छ । मंसिरमा यस्तो ब्याजदर ४.६४ प्रतिशत रहेको थियो । यस अवधिमा बैंकहरुको अधिकतम औषत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको हो ।

मंसिरका महिनाका लागि कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एनएमबी बैंकले बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.५७ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ।

यता  प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ भने । एनएमबी बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.६ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज दिने भएको छ ।

पुसका लागि नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । यसका साथै ब्याजदर घटाएका अन्य बैंकहरुले पुसका लागि नेपाल बैंकले व्यक्तिगत तर्फ ५.६ प्रतिशत र संस्थागत तर्फ ४.७ प्रतिशत ब्याज दिने भएको छ । 

त्यस्तै सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ । 

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज, सिटिजन इन्टरनेशनल, ग्लोबल अईएमई, नबिल, कुमारी, माछापुच्छ्रे, सिद्धार्थ, नेपाल एसबीआई, एभरेष्ट, प्रभु, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिएका छन् । 
 

Advertisment

थप समाचार