Below Menu
Below Menu

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप 

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने समय थप 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले अब पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन् । मंसिर ११ गतेदेखि बिक्री खुला गरिएको हकप्रद सेयर पुस १ गतेसम्म आवेदन दिने समय तोकिएको भएपनि सो समयमा पूर्ण आवेदन नपरेपछि थप गरिएको हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।

Advertisment

थप समाचार