शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस सेयर कति?

शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस सेयर कति?

काठमाडौं : शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ।

Sponsored Advertisement

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पुस २९ गते बस्ने वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

कम्पनीले पुष २९ गते राष्ट्रिय सभा गृह भुकृटीमण्डपम साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्दैछ ।

पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार