काठमाडौं : महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष (२०८०/८१) को नाफाबाट लाभांश घोषणा गरेको छ ।
सोमबार बसेको सञ्चालक समिति ६१०औं बैठकले सेयरधनीहरुलाई ३ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात २३औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
Advertisment