काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र छ अर्ब ३३ करोड रुपैयाँ बराबरको ९८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । जसमध्ये कार्यालयले ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी माघ १ गते, ९१ दिन अवधिको ट्रेजरी चैत ५ गते र १८२ दिन अवधिको ट्रेजरी २०८२ असार ३ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि मंसिर २४ गते कार्यालयले १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment