काठमाडौं : एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
बैंकले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने भएको हो । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २५ गते २९औं वार्षिक साधारणसभा बोलाएको छ ।
हाल बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । उक्त शेयर जारी भएपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।
Advertisment