काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले पनि यस वर्ष लाभांश नदिने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
Advertisment