काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.९५ अंकले बढेर २६३८.८७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज कुथली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment