काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ३.८४ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३.६५ प्रतिशत बोनस शेयर र सोको कर कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभालेपारित गरेपछि वितरण गरिने छ ।
Advertisment