Below Menu
Below Menu

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर कर प्रयोजनको लागि ०.३०२७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभालेपारित गरेपछि वितरण गरिने छ । 

Advertisment

थप समाचार