Below Menu
Below Menu

ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने 

ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको एक करोड ८५ लाख १२ हजार ७१२ दशलमव २२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो । जसअनुसार १७ गतेसम्म कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हाइड्रोपावरको हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

Advertisment

थप समाचार