काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीकाृ ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।
Advertisment