काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने २८ करोड ४० लाख २५ हजार ८६६ दशलमव ३८ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।
Advertisment