काठमाडौं : गरिमा क्यापिटलले आइतबारदेखि पहिलो म्युचुल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ बिक्री खुला गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड एक बन्दमुखी योजना हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री ख्ला गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ ।
न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताहरूले पुस ११ गतेसम्म आवेदन दिनुपर्नेछ ।
Advertisment