नेपाल टेलिकमको बम्पर लाभांश घोषणा

नेपाल टेलिकमको बम्पर लाभांश घोषणा

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Sponsored Advertisement

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् करसहित प्रतिसेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव कम्पनीले गरेको हो ।

लाभांश पारित गर्न पुस २८ गते १७औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

थप समाचार