काठमाडौं : नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको कोषको सञ्चालक समितिले १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरको हो ।
उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।
Advertisment