Below Menu
Below Menu

१७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

१७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले १५ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने र  दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयका अनुसार ९१ दिन अवधिको ट्रेजरी चैत १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ पुस ८ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि पुस १ गते कार्यालयले १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार