काठमाडौं : हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा डेलीस अपेरा रोष्ट्रो एन्ड बैंक्वेट काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ । यसका साथै सभाले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले हकप्रद शेयर जारी गर्न प्रबन्धपत्र तथा नियमावली र सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गतेसम्म कायम शेयरधनी सभामा सहभागी हुन सक्नेछन् ।
Advertisment