काठमाडौं : सर्वसाधारणसभा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित विभिन्न छ कम्पनीले साधारणसभा बोलाएका छन् । कैलाश हेलिकप्टर सर्भिसेस्, सुपर खुदी हाइड्रोपावर, गृहलक्ष्मी रियल्टी लिमिटेड, हिमाल वाटर पार्क एण्ड भिलेज होटल, पान हिमालय इनर्जी र नगरकोट रिसोर्टले आईपीओ जारी गर्ने भएका हुन् ।
कैलाश हेलिकप्टर सर्भिसे् लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त सभा लेभल थर्ड, टिआए कमर्सियल बिल्डिङ एअरपोर्टमा हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत करसहितको नगद लाभांश वितरण गर्ने र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्रिमियममा सर्वसाधारण्हरुलाई शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सुपर खुदी हाइड्रोपावरको साधारणसभा पुस २९ गते सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा बिहान ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले बैंकसँग लिइने ऋणको आकार खुलाई विशेष प्रस्ताव पारित गर्ने छ । यसका साथै सभाले हाल कायम जारी पुँजीको ३० प्रतिशत बराबरले हुन आउने रकम सर्वसाधारणमा शेयर जारी गर्ने र आयोजनाको लागत खर्च बढेमा साविकको सञ्चालकहरुले प्रवद्र्धन ऋण मार्फत लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
हिमाल वाटर पार्क एण्ड भिलेज होटलको साधारणसभा पुस २९ गते सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज महानगरपालिका वडा नं १७ पर्सामा बिहान ११ बजे हुनेछ भने पान हिमालय इनर्जीको साधारणसभा पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा बिहान ११ बजे हुनेछ ।
नगरकोट रिसोर्टको साधारणसभा पुस २८ गते बिहान नगरकोट रिसोर्टको कार्यालयमा हुनेछ भने गृहलक्ष्मी रियल्टी लिमिटेडको साधारणसभा पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय स्वयम्भुमा बिहान ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
Advertisment