काठमाडौं : नेप्सेमा सूचीकृत पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।
मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्दैछन् । पुुष १० गते सार्वजनिक बिदा भएका कारण आज अन्तिम दिन रहेको हो ।
मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २८ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा गर्दैछ ।
आरएसडिसी लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ११औं वार्षिक साधारण सभा पुस २९ गते बस्दैछ ।
मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको १६औं वार्षिक साधारण सभा पुस २८ गते धनुषामा हुँदैछ ।
माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।
Advertisment