Below Menu
Below Menu

राष्ट्र बैंकले गर्यो कर्णाली डेभलपमेण्ट बैंकको ‘टेकओभर’

राष्ट्र बैंकले गर्यो कर्णाली डेभलपमेण्ट बैंकको ‘टेकओभर’

काठमाडौं : कर्णाली डेभलपमेण्ट बैंक समस्याग्रस्त घोषित भएको छ। नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिले बैंकलाई बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो। 

अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकले बैंकलाई ‘टेकओभर’ गरेको छ। राष्ट्र बैंक ऐनको दफा ८६ (ग) बमोजिम बैंकलाई ‘टेकओभर’ गरेको हो ।

बैंकको व्यवस्थापन सञ्चालनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था नियमन विभागको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ। 

वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ बाट बैंकको जिम्मेवारी समाल्ने छ।

यस्तै बैंकको ‘डियु डेलिजेन्स’ सम्पन्न गराउन आवश्यक कार्य गर्नुका साथै वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी प्रकृयामा ल्याउने बताइएको छ। 

कर्णाली डेभलपमेण्ट बैंकले राष्ट्र बैंकले तोके बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न सकेको थिएन। बैंकको निष्कृय कर्जा बढेर ४०.८५ प्रतिशत पुगेका थियो।

Advertisment

थप समाचार