सर्वोत्तम सिमेन्टसहित चार कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टसहित चार कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : एचआईडिसिएलसहित चार कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) सर्वोत्तम सिमेन्ट, सिद्धार्थ बैंक र ग्रिन भेन्चर्स लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

एचआईडिसिएल र सर्वोत्तम सिमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली (पुस १२ गते) र सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सले भने पुस १४ गते आइतबार बुकक्लोज गर्दैछन्। जस अनुसार आजसम्म कायम शेयरधनीहरुले यी चार कम्पनीहरुको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्नृे लाभांश पाउनेछन् । 

एचआइडिसिएलले पुस २४ गते, बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा कार्की ब्याङ्केट, बबरमहलमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, सर्वोत्तम सिमेन्टले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते, शुक्रबार छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा होटल भिलासा, भैरहवा, रुपन्देहीमा सो सभा बिहान ११ बजे शुरु हुनेछ।

ग्रीन भेन्चर्स लिमिटेडले पुस २८ गते आईतबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०।५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सिद्धार्थ बैंक लिमिटेडले पुस २८ गते आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एसबिएल ८.२५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित गर्नेछ। 

थप समाचार