काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको हो ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले का अनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएको भन्दैं नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएकोे छ ।
त्यस्तै लकर रोक्का राख्न राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेको भन्दै प्रभु बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको छ ।
Advertisment