४.१९ अंक बढ्यो नेप्से परिसूचक, काराेबार रकममा सामान्य बृद्धि

४.१९ अंक बढ्यो नेप्से परिसूचक,  काराेबार रकममा सामान्य बृद्धि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.१९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक बढेको छ।

Sponsored Advertisement

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब २० करोडको सेयर कारोबार भएको बजारमा आज ३१० कम्पनीको पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको दुई करोड नौं लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

त्यस्तै आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ५० करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

थप समाचार