काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सर्वोत्तम सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेडको शेयरमूल्य समायाजन गरेको छ ।
यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनसपछिको शेयरमूल्य ७१४.६७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७६४.७० रुपैयाँमा भएको थियो ।
त्यस्तै ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशत बोनसपछिको शेयरमूल्य ५१०.४५ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । कम्पनीको अन्तिम कारोबार ५६१.५० रुपैयाँमा भएको थियो ।
समायोजित मूल्यलाई आधारमा मानी दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
Advertisment