काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत पत्र खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी) र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) को लाइसेन्स खारेज गरेको हो ।
राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) अनुसार कम्पनीहरुको लाइसेन्स खारेज हुने देखिएको बताइएको छ । साथै, उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।
यसका साथै कुनै पनि व्यक्ति वा संघ संस्थाले उक्त अवधिभित्र लेनदेन रकम दाबी गरेमा बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान गरिने राष्ट्र बैंकले जनाएको छ ।
Advertisment