काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २५ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार २५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७५ करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र सात अर्ब ५० रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी माघ १५ गते, ९१ दिन अवधिको ट्रेजरी चैत १९ गते, १८२ दिन अवधिको ट्रेजरी २०८२ असार १७ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ पुस १५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल आइतबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि पुस ८ गते कार्यालयले १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment