Below Menu
Below Menu

तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

Sponsored Advertisement

कम्पनीहरुले साधारणसभा तथा लाभांश वित।ण प्रयोजनका लागि भोलि बुक क्लोज गर्दै छन् । जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते सोमबार,२३ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २८ गते केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। सभाले १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश पारित गर्न आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पुस २९ गते, सोमबार छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल माला इन, घोराही १५, दाङमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

चिलिमे हाइड्रोपावर कम्पनीको साधारणभा पुस २८ गते नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौंमा बिहान ११ बजेदेखि हुनेछ । सभाले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कृषि विकास बैंकले पुस २९ गते १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

महालक्ष्मी विकास बैंकले लाभांश पारित गर्न पुस २९ गते २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Sponsored Advertisment