Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ अर्ब ४७ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा पुगेको हो ।

आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ३ वटा समूहका सूचकमात्र बढेका छन् । आइतबार फाइनान्स समूहको सूचक सबैभन्दा बढी घटेको छ ।

बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको ४.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

३१६ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् ।

Advertisment

थप समाचार