Below Menu
Below Menu

सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ? 

सात कम्पनीको बोनस शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ? 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन लघुवित्तसहित सात कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ ।

आइतबार नेप्सेले छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार छिमेक लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनसपछिको शेयरमूल्य ८६१ दशलमव २० रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ९३०.१० रुपैयाँमा भएको थियो । 

त्यस्तै जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनसपछिको शेयरमूल्य १३७८ दशलमव ०७ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १५७१ रुपैयाँमा भएको थियो । आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनसपछिको शेयरमूल्य ५ हजार ७१५ दशमलव ५४ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । संस्थाको अन्तिम कारोबार ६ हजार ५३० रुपैयाँमा भएको थियो । 

नेप्सेका अनुसार महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनसपछिको शेयरमूल्य ३७७ दशमलव ६७ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ३८९ रुपैयाँमा भएको थियो । कृषि विकास बैंकको ३ प्रतिशत बोनसपछिको शेयरमूल्य ३२४ दशलमव १७ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ३३३.९० रुपैयाँमा भएको थियो । 

नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनसपछिको शेयरमूल्य ६३५ दशलमव ३९ रुपैयाँमा समयोजन गरेको छ । बैंकको अन्तिम कारोबार ६९५ दशलमव ८० रुपैयाँमा भएको थियो । 

चिलिमे हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमस्ल्य ५१८ दशमलव १८ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५७० रुपैयाँमा भएको थियो । समायोजित मूल्यलाई आधार मानी  दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । 

Advertisment

थप समाचार