Below Menu
Below Menu

सरकारी ढुकुटीमा नगद मौज्दात घट्यो, क्यास सर्कुलेशन ७ खर्ब ३० अर्ब 

सरकारी ढुकुटीमा नगद मौज्दात घट्यो, क्यास सर्कुलेशन ७ खर्ब ३० अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ  । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब २८ करोड १८ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।

उक्त रकम गत असारको तुलनामा ७.३८ प्रतिशत अर्थात ५० अर्ब २३ करोड २९ लाख रुपैयाँले बढी हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात ९७ अर्ब ५ करोड रुपैयाँले घटेको छ । गत असारमा सरकारी खातामा तीन खर्ब ५५ अर्ब ४५ रुपैयाँ मौज्दात रहेको थियो । मंसिरमा उक्त रकम घटेर २ खर्ब ५८ अर्ब ४० करेड रुपैयाँमा पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । 

यस अवधिमा सरकारी ढुकुटीमा करिब दुई खर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल एक खर्ब ९१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम मंसिर मसान्तसम्म आइपुग्दा एक खर्ब २७ अर्ब ५३ करोड ५१ लाख रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात ३७ अर्ब २२ करोड ३८ लाख रुपैयाँ रहेको छ । मंसिर मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब १७ अर्ब ४ करोड २२ लाख रुपैयाँ रहेको छ । असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

हालसम्म राष्ट्र बैंकको दायित्व २२ खर्ब ७१ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ रहेको छ । अनुसार गत असार मसान्तसम २० खर्ब ५६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ रहेको थियो । उक्त सम्पति चालु आवको मंसिर मसान्तसम्म दुई खर्ब ४ अर्ब ९१ करोड रुपैयाँले बढेको हो ।
 

Advertisment

थप समाचार