Below Menu
Below Menu

पाँच महिनामा ४५ हजार बीमितद्वारा छ अर्ब १० करोडको बीमा पोलिसी सरेन्डर !

पाँच महिनामा ४५ हजार बीमितद्वारा छ अर्ब १० करोडको बीमा पोलिसी सरेन्डर !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ४५ हजार बढी बीमितले ६ अर्ब बढीको बीमा पोलिसी सरेन्डर गरेका छन् । 

यस अवधिमा १४ जीवन बीमा कम्पनीका ४५ हजार ६० बीमितले ६ अर्ब १० करोड ७२ लाख ४२ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ११.५० प्रतिशत अर्थात ६३ करोड एक लाख रुपैयाँले बढी हो । गत वर्षको मंसिरसम्म ४४ हजार ७४४ बीमितले ५ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । मंसिरसम्म उक्त कम्पनीका ११ हजार ७९३ बीमितले एक अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।

 

त्यस्तै, नेपाल लाइफका १० हजार ३१७ बीमितले एक अर्ब ६७ करोड ९३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका ५ हजार ४१० बीमितले ५१ करोड ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड ११ लाख रुपैयाँ बराबरको दुई हजार ५४१ वटा, मेट लाइफको १७ करोड २३ लाख ६७ हजार रुपैयाँको एक हजार ५१६ वटा, एशियन लाइफको ४० करोड १४ लाख रुपैयाँ बराबरको तीन हजार ७५२ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको ८ करोड ४३ लाख रुपैयाँ बराबरको ७६३ बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणका अनुसार मंसिरसम्म सन नेपाल लाइफको सबैभन्दा कम दुई करोड ९४ लाख रुपैयाँ बराबरको २९५ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका ७०८ बीमितले चार करोड ४६ लाख ५५ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।

त्यस्तै, सिटिजन लाइफ नेपालका एक हजार १०८ बीमितले ८ करोड २८ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् भने सूर्यज्योति लाइफको ३२ करोड ६४ लाख ७८ हजार रुपैयाँ बराबरको दुई हजार ४८८ बीमालेख सरेन्डर भएका छन् ।

त्यसैगरी सानिमा रिलायन्स लाइफको १० करोड ९५ लाख रुपैयाँको ७८७ वटा, हिमालयन लाइफको २८ करोड ३० लाख रुपैयाँ बराबरको तीन हजार ३३ वटा र प्रभु महालक्ष्मी लाइफको सात करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ५४९ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार