Below Menu
Below Menu

साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक 

साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे तीन अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषको तीन अर्ब ६५ करोड ९३ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम  १६ जनवरी २०२५ देखि १७ जनवरी २०२६ सम्म ३६७ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ५४ करोड ८८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड २९ रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी पुस १९ गते राती १२ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार